लीला अनमोल युएईमा सम्मानित

0
9

डिजी शर्मा,

झापामा बसेर लामो समयदेखि सञ्चार, साहित्य र समाजसेवामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएकी कवि तथा सञ्चारकर्मी लीला अनमोल युएईमा सम्मानित हुनुभएको छ ।

पछिल्लो केही दिनदेखि युएईको भ्रमणमा रहनुभएकी कवि अनमोललाई झापाली समाज युएई, सिर्जना वाचन डबली र अन्तर्राष्ट्रिय नेपाली समाज युएईले बुधबार एक कार्यक्रमको आयोजना गरी संयुक्त रूपमा खादा र प्रसंश-पत्रले सम्मान गरेका हुन् ।

कवि अनमोल झापाको बिर्तामोडमा रहेको रेडियो विराट एवं विराट टिभीकी प्रबन्ध निर्देशक हुनुहुन्छ । त्यसैगरी, उहाँ सञ्चारिका समूह झापाकी अध्यक्ष समेत हुनुहुन्छ । हालसम्म उहाँका ‘बाँसुरी’ कवितासङ्ग्रह २०६० र ‘दुख्छ’ गजलसङ्ग्रह २०६३ प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले २०६७ सालमा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उहाँ प्रथम हुनुभएको थियो । पछिल्लो समय निजी व्यावसाय पनि सञ्चालन गर्दै आउनुभएकी कवि अनमोल प्रतिभाशाली नारी हस्ताक्षरको रूपमा परिचित हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै झापाली समाज युएईका अध्यक्ष अमरराज राईले कवि अनमोललाई युएईमा सम्मान गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष राईले कवि अनमोलको व्यक्तित्व बारे चर्चा गर्नुभएको थियो ।

झापाली समाज युएईको आयोजना तथा सिर्जना वाचन डबली र अन्तराष्ट्रिय नेपाली समाज युएईको सह-आयोजनामा सम्पन्न सोही कार्यक्रमका बिच संयुक्त मुक्तक सङ्ग्रह “विजयोपहार” विमोचन गरिएको थियो । जसलाई मुक्तककार सुनिल अधिकारीले सम्पादन गर्नुभएको छ ।

NRNA पूर्व युरोप संयोजक ललित न्यौपानेको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष तथा गजलकार विष्णु प्याकुरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार तथा व्यवसायी कूल लेप्चा, गजलकार/व्यवसायी जे. सागर, अन्तराष्ट्रिय नेपाली समाज युएईका महासचिव तथा गजलकार श्रीभवानी नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सगरमाथा साहित्य प्रतिष्ठानका महासचिव तथा व्यवसायी डि एल घिमिरे, नेपालबाट आउनुभएकी मुक्तककार देवीमाया बाँस्कोटा, गजलकार कान्छो भुपेन्द्र आचार्यलगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा झापाली समाज युएईका पदाधिकारीहरुसहित युएईमा रहनुभएका सर्जकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा करिब एक दर्जन सर्जकहरुले आ-आफ्नो रचना वाचन गर्नुभएको गजलकार भवानी नेपालले जानकारी गराउनु भयो ।-साहित्यपोस्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here