हात्तीको उपचार गर्न शिविर

0
10

बर्दिया,

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा आयोजना गरिएको शिविरमा हात्तीलाई जुकाको औषधि खुवाउने, नङ काट्ने र विभिन्न खोप लगाइने निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु भएको शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।

हात्ती स्वास्थ्य शिविरमा विशेष गरी हात्तीसारमा रहेका १३ हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामले बताउनुभयो । निकुञ्जमा पालिएका हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here