भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

0
9

काठमाडौँ,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

गएरातिको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विशेष गरी जाजरकोट र रुकुमपश्चिममा एक सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here