पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह

0
9

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापनलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट भएको धनजनको क्षतिका बारेमा जानकारी लिँदै उद्धार, राहत तथा तथा घाइतेको शीघ्र उपचारको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यकपर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको छ । उहाँले यसअघि भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको जनाउँदै विपद्को घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आमनागरिकलाई अपिल गर्नुभएको थियो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकुमपश्चिममा जिल्लामा गरी कम्तीमा एक सय ३६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here