ऋषिदेवको उपचारमा आर्थिक अभाव

1
13

पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे–५, ऋषिदेव बस्तीका १८ वर्षीय दिपक ऋषिदेव आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन् ।

आर्थिक अभाव हुँदा दुई बर्षदेखि खुट्टामा स्टिल बोकेर उपचारको अभावमा छट्पटाइ रहेका छन् । रामकुमार ऋषिदेवका छोरा दिपकको झण्डै २० महिनाअघि ट्याक्टरले खुट्टा किचेको थियो । १९ महिना अगाडि स्टिल लगाएका दिपकको ट्याक्टरले किचेको खुट्टा एक फुट छोटो छ । उनी १८ महिनादेखि ओछ्यानमा थला परेका छन् । स्थानीय राजेन्द्र रेग्मीको ट्याक्टरमा अल्झिएको झार र माछा पक्रिने क्रममा उनको खुट्टा ट्याक्टरले किचिएको दिपकका बुवा राम बताउँछन् ।

रेग्मीले पनि सकेसम्मको उपचार गरेका छन् । शुरुदेखि गत जेठसम्म उपचार गरेका रेग्मीले हाल स्टिल निकाल्न र अर्को शल्यक्रिया गर्न भने पन्छिदै आएका छन् । उता ट्याक्टर धनीले हालसम्मको १४–१५ लाख रुपैयाँ बराबरको खर्च पनि गरिदिएका रहेछन् । घरबारी धितोमा कर्जा लिएकाले बैंकको किस्ता र ब्याज र ट्याक्टर बिक्रेता कम्पनीको वार्षिक किस्ता तिर्ने नसक्ने अवस्था रहेको भन्दै दीपकको थप उपचार गर्न नसक्ने सवारी मालिक रेग्मीले गुनासो गरे ।

ट्याक्टरले खुट्टा किचेपछि कक्षा ५ मा पढ्ने दिपक न त स्कूल पढ्न जान पाए, न त भाँचिएको खुट्टाको पूर्णरुपले उपचार नै पाए । अहिले पनि उनी घरमै सुनिएको खुट्टा र पल पलको दुःखाई सहेर बस्न बाध्य छन् । अर्कैको खेतबारीमा जनमन गरी पालिँदै आएको उनको परिवारका मुली बाबु पनि निरक्षर र मजदुरी गरेरै बिहान–बेलुकीको छाक टार्दै आएका छन् । ट्याक्टर मालिकले यतिञ्जेल १४–१५ लाखभन्दा बढी खर्च गरी खुट्टामा स्टिलसम्म त लगाई दिए, तर समयमै स्टिल खोल्न नसक्दा दिपकको खुट्टा कुहिन थालेको छ ।

गत मंसीर ४ गते सम्पन्न आमनिर्वाचनमा पनि थुप्रै पार्टीका नेता तथा कलाकारहरूले उनको बुवा र आमासित उपचारका लागि सहयोग पुर्याउने भन्दै भोट पनि मागे तर, अहिलेसम्म कुनै पनि पार्टीका नेता कार्यकर्ताले अझैसम्म पनि सहायता नपुर्याएको उनका पिता रामले बताए । उनको उपचार गर्नका लागि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेलाई अनुरोध गरेको बुवा रामको भनाइ छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here