सिरिजंगालाई पर्यटकीय स्थलमा बनाइने

0
9

पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे–१० स्थित सिरिजंगा स्मृति धार्मिक वन समूहको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ ।

पत्रकार सम्मेलन मार्फत समूहका अध्यक्ष डम्बर चोङ्बाङले निकट भविष्यमै राष्ट्रिय विभूतिहरूको शालिक, एउटा ठूलो च्याबु्रङ, सिलामसाक्मा जस्ता लिम्बू संस्कृति झल्काउने चिजहरू बनाइने, दुई महिनाभित्रमा जलाशययुक्त बोटिङ गर्न मिल्ने पोखरी (झिल) बनाइने बताए ।

उनले धार्मिक वन समूहको क्षेत्रको वरिपरि तारबार गर्ने, पथरी खोलाको सरसफाई गर्नेबारे पथरीशनिश्चरे नगरपालिकाको कार्यालय तथा वडा कार्यालयसँग समन्वय गरी काम गर्ने लगायतका उद्देश्यहरू उल्लेख गर्दै नगरको आन्तरिक पर्यटनको प्रर्वद्धन र विकासका लागि सो वन क्षेत्रलाई खुल्ला गर्ने घोषणा गरे ।

चालू आर्थिक वर्ष २०८० मा कुनै निकाय वा संस्थाबाट कत्ति पनि आर्थिक सहयोग प्राप्त नभएको भन्दै आन्तरिक स्रोत जुटाएर पर्यटकको चहलपहल र संख्या बढाउनका लागि यो वन क्षेत्रमा सम्भाव्यता रहेको चर्चा गरे । उनले यातायात सहजता तथा भौगोलिक सुन्दरताको अनुपम उपहार यहाँ रहेको कारण पर्यटकीय गन्तव्य र उपयुक्त स्थल बन्न सक्ने बताए ।

विगत १८ वर्षदेखि धार्मिक वन क्षेत्रको रूपमा स्थापित पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको उक्त वन समूह १५.२१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये चार विगाहा÷ सात हेक्टर क्षेत्रफलमा जलाशय÷झिल रहेको छ । समितिले आर्थिक स्रोत जुटाउने अभिप्रायले वलीहाङ्ग तङ्नाम (देउसीभैलो) खेल्ने निर्णय गरेको सिरिजंगा स्मृति धार्मिक वन समूह डम्बर चोम्बाङले बताए ।

यसैक्रममा सो क्षेत्रको प्रचारप्रसारका लागि एक प्रचारप्रसार समिति गठन भएको छ । रोशन मादेम्वा लिम्बूको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । पछिल्लो समयमा युमासा साम्माङ अर्थात् मासु खानेहरू र मासुमंस नखाने वा जनावरको वली नदिने लिम्बू समुदायको लागि हामसाम माङहिम (शिवालय मन्दिर) रहेको छ ।

यो माङहिम क्षेत्रलाई छुट्टै तारबार घेरा लगाएर सुरक्षित गरीने र धार्मिक भक्तजनहरूको आवातजावतमा सहज होस् भनेर अर्को नयाँ गेट बनाउँदै गरेको उक्त वन समूहको सल्लाहकार गोविन्दप्रसाद बनेम लिम्बूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here