बंगलादेश भारतसँग भिसामुक्त सम्बन्ध चाहन्छ : मोमेन

0
9

ढाका ।

बंगलादेशले आगामी दिनमा दुवै देशका यात्रुहरूका लागि भारतसँग भिसामुक्त सम्बन्ध चाहेको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन्।

‘दुवै देशले भिसा प्रक्रियाको द्रुत समाधानका साथ भिसामुक्त भारत-बंगलादेश सम्बन्धको अपेक्षा गरिरहेका छन्,’ उनले सिलहटको एक होटलमा वार्षिक ‘बंगलादेश-भारत मैत्री संवाद’ को अध्यक्षता गर्दै भने।

मोमेनले भने, ‘बंगलादेश-भारत सम्बन्धको ऐतिहासिक पाइला पछ्याउँदै, दुई देशले द्विपक्षीय व्यापार, शिक्षा, संस्कृति, समाज र प्रविधिमा पारस्परिक उत्कृष्टताका लागि काम गरिरहेका छन्।’

पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्रीले भने, ‘टिस्टाको पानी बाँडफाँडमा बंगलादेश र भारतको साझा सिद्धान्त छ, यो केही कारणले अलपत्र छ र समयसँगै समाधान हुन्छ।’

बंगलादेश र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर बनाउने र दुई देशको शिक्षा, संस्कृति र व्यापार क्षेत्रको विकास गर्ने उद्देश्यले चारदिने ‘बंगलादेश–भारत मैत्री संवाद’को उद्घाटन राष्ट्रिय सभाका सभामुख शिरिन शर्मिन चौधरीले गरेका हुन्।

वार्तामा बंगलादेशबाट ६ मन्त्री र २० सांसदले भाग लिएका थिए भने भारतबाट १४० सदस्यीय प्रतिनिधिमण्डल चार दिने कार्यक्रममा सहभागी हुन सिल्हट आइपुगेको थियो ।

उद्घाटन समारोहमा अवामी लिगका अध्यक्ष मण्डलका सदस्य जहाँगीर कबीर नानक, भारतका पूर्व विदेश राज्यमन्त्री एमजे अकबर र बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माको उपस्थिति थियो। उनीहरुले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने दृढता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here