बुट्टाबारी–प्याकुरेल सडक खण्डको स्तरोन्नतिको काम तीब्र

0
12

बितामोड ।

झापाको बिर्तामोड नगरपालिकामा निर्माणधिन बुट्टाबारी–प्याकुरेल सडक खण्डको स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेको छ ।

बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहितको टोलीले सोमवार सडकको निर्माण प्रगति अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म ६ प्रतिशत पुरा भइसकेको छ । शिलान्यास भएपछि वर्खायाम बाहेक उक्त परिमाणमा काम भएको हो । अहिले सो सडक क्षेत्रमा ड्रेन तथा कल्भर्ट निर्माणको काम भइरहेको छ ।

न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको जानकारी दिनुभयो। वडा नं. ६,७ र ८ मा पर्ने सडक ६.२ किलोमिटरको हुनेछ । ५१ करोड २९ लाख ६१ हजार ३ सय ७२ रुपैयाँ (भ्याट र पीएस समेत ) लागतमा ठेक्का सम्झौता भएको सडक ०८१ मंसिर १६ मा सम्पन्न गर्नुपर्नेछ ।

विश्व बैंकको लगानीमा ग्लोवल टेण्डर मार्फत ठेक्का पाएको आरपी–साप–समता जेभीले कामलाई धमाधम अघि बढाएको जनाएको छ । अन्तराष्ट्रिय स्तरको सो कालोपत्रे सडकमा दुवैपट्टि सडकबत्ती, गार्डेन र फुटपाथ रहने छ । सडकखण्डमा ६२९ वडा सडक बत्ती राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा बिरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् ।

नगर उपप्रमुख संग्रौलाले सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्ने बताउनु भये । उहांले निर्माण व्यवसायीलाई कामलाई थप तीब्र बनाउन आग्रह गर्नुभयो। उहांले सडक निर्माणले सो क्षेत्रको जीवनलाई माथि उठाउन सहयोग गर्ने बताउनु भयो ।

स्थानीयबासीले सडक निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माणको क्रममा हुने संरचनागत अवरोधहरु समेत हटाएर सहयोग गरिरहेको निर्माण पक्षको भनाई छ । उक्त सडकको नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले गत जेठ २ गते शिलान्यास गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here