डोरीतान्ने खेल धेरैलाई चासोको विषय बनेको छ’

0
13

झापामा पहिलोपटक डोरी तान प्रतियोगिता हुन लागेको छ । संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिप यही कात्तिक २४ गते बिर्तामोडमा हुने भएको हो । जसमा आयोजक सहित १९ वटा टिमले टिमको सहभागिता जनाउने छन् । यो कस्तो प्रकारको खेल हो यस विषयमा संघकी अध्यक्ष दवाडीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

डोरीतान प्रतियोगिता कहाँ र कहिले हुँदैछ ?

यो प्रतियोगिता झापाका लागि नयाँ हो । हामीले पहिलो पटक झापाको बिर्तामोडस्थित अनारमनी पब्लिक क्याम्पसको प्राङ्गढमा कात्तिक २४ गते यो प्रतियोगिता सञ्चालन गर्न लागिरहेका छौं । यो प्रतियोगिता झापा जिल्ला डोरी तान संघले सञ्चालन गर्न लागेको हो । यस प्रतियोगितामा १५ वटा पालिकाबाट खेलाडीहरु सहभागी हनेछन् । जसमा तीनवटा विभागीय टोली रहनेछन् । प्रतियोगितामा झापाका सबै पालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टिम तथा आयोजकको पनि एउटा टिमले प्रतिस्पर्धा गर्ने छ । विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

डोरीतान खेल कस्तो प्रकारको खेल हो ?

यो खेल पौराणिक एवम् पुरातन खेल हो । यो खेल पौराणिक भएपनि बीचमा यो खेल लोप हुँदै गयो । त्यही भएर झापा जिल्ला डोरी तान संघले यो खेल खेलाउन लागेको हो । यो खेल झापामा खेलाएपछि यस खेलको प्रर्बधन हुने हामीले अपेक्षा राखेका छौं । यो खेल खेल्दा दुई समूहमा आठ÷आठ जना रहेर छन् । यो खेल खेल्दा डोरी तानातान गरिन्छ । यसलाई खेल्दा बीचमा रहेको रेखालाई जुन समूहले पार गर्छ या भनौं समूहको एकता देखाउँदै जुन टिम तर्फ डोरी ढल्कन्छ त्यो टिम खेलको बिजेता बन्छ । जसको घोषणा गर्न हामीसंग अफिसियल टिम रहन्छ । अफिसियल टिममा हामीसंग सन्तोष तामाङ सहितका अन्य ६ जना रहनु भएको छ ।

खेलको उद्घाटन कस्ले गर्ने कार्यक्रम तय भा छ ?

यो खेलको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीज्यूले गर्ने कार्यक्रम तय भएको छ । उहाँले यो खेलको उद्घाटन गर्नु हुनेछ । साथै झापाका सबै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख, प्रशासकीय अधिकृतज्यूहरु , खेलकुद विकास समितिका प्रमुख तथा पदाधिकारीहरु सहित जिल्लाका खेलप्रेमी सवै महानुभावहरु तथा हाम्रा शुभचिन्तक सबैको उपस्थिति रहन्छ ।

खेलाडीलाई कसरी सहभागी बनाइन्छ ?

हामीले यो प्रतियोगिता जिल्लामा पहिलो पटक गर्न लागेका छौं । जसका लागि खेलाडी छनौटको जिम्मा पालिकाको खेलकुद विकास शाखालाई दिएका छौं । उहाँहरुले पालिकाको ‘लेटरहेड’मा दिएको पत्रलाई आधार मान्दै हामी प्रतियोगितामा सहभागी बनाउँछौं । पालिकाबाट सिफारिस भएर आएका खेलाडी समेत सोही पालिकाको हुनु पर्ने र उनीहरु सोही पालिकामा बसोवास गर्ने हुनु पर्ने छ । यो खेल खेलाउँदा अन्तराष्ट्रिय टग आफ वारको नियम अनुसार खेलाइन्छ । यो खेलका लागि एक सय १० जना खेलागी सहित तीन सय बढीको सहभागीता रहने हामीले अपेक्षा गरेका छौं ।

अनि खर्चको व्यवस्थापन कसरी गर्नु भएको छ ? यो प्रतियोगिता सम्पन्न गर्न कति खर्च लाग्छ ?

यो प्रतियोगिता नयाँ भएकाले धेरैलाई चासोको विषय बनेको छ । हामीले पाँच लाख रुपैयाँको लागतमा यो प्रतियोगिता सम्पन्न गर्ने अपेक्षा गरेका छौं । हामीले यो प्रतियोगिताको विजेता टिमलाई रु ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्छाैं भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गर्ने छौं । यो खेल प्रर्वधनका लागि हामीले सबै पालिकासंग सहकार्य गरेका छौं । यो प्रतियोगिता सम्पन्न गर्न सबै पालिकालाई प्रपोजल पनि वुझाएकाले सहयोग पाउने हामीलाई आश्वासन पाएका छौं । यो प्रतियोगता सम्पन्न गर्न प्रदेश र संघीय डोरीतान संघको पनि सहयोग रहनेछ ।

यो जिल्ला डोरीतान संघमा तपाईहरु कतिजना हुनहुन्छ ?

हामी यो संघमा अहिले ९ जना छौं । सबै पालिकाबाट प्रतिनिधित्व गर्ने हाम्रो सोच हो । तर, त्यसलाई पूरा गर्न सकेका भने छैनौं । प्राय मिलाउने प्रयत्न गरेका छौं । अध्यक्षमा म आफैं छु युनिता दवाडी उपाध्यक्षमा प्रज्ज्वल अधिकारी,सचिव मनिष मुर्मूू,कोषध्यष मेनुका उप्रेती , सदस्यहरु हेमकुमार न्यौपाने, यादव मिश्र,पुष्प न्यौपाने, सुजन विष्ट रहनुभएको छ ।

अन्त्यमा –

आगामी शुक्रवार हुने आउटडोर टगअफ वार च्याम्पियन प्रतियोगिता विहान १० बजेदेखि हुन गइरहेको छ । यो प्रतियोगता १० वजेबाट शुरु हुने भएपनि खेलाडीलाई हामीले ७ बजे नै वोलाएका छौं । किनकि यो खेल नयाँ भएकाले हामीले खेलाडीलाई यो खेलको नियमका बारेमा थप जानकारी दिनु पर्ने हुन्छ । तसर्थ खेलाडी मित्रहरुलाई समयमा नै खेल मैदानमा आइदिन हुन पनि आग्रह गर्दछौं । अनि सबै खेलप्रेमी महानुभावहरु, हाम्रा शुभचिन्तक, तपाई सबै सुवेक्षुकहरुलाई पनि खेल मैदानमा सहभागी बनेर खेलको मज्जा लिँदै खोलको बारेमा जानकारी लिनहुन हार्दिक निमन्त्रण पनि गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here