रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान

0
8

किमाथाङ्का (सङ्खुवासभा),

सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् । रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न अनुरोध गरेको थियो । सङ्खुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् ।

चाडपर्वका कारण जिल्लामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न विभिन्न सङ्घ संस्थासँग अनुरोध गरेको थियो । दसैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा रगत अभाव भएकाले रक्तदानका लागि अनुरोध गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाकी कर्मचारी लक्ष्मी कार्कीले बताउनुभयो । यसअघि रगत अभाव नभए पनि चाडपर्वमा बजारमा रगत अभाव भएको उहाँको भनाइ छ ।

चाडपर्वले दाताको सङ्ख्या घटेका कारण जिल्लामा रगत अभाव भएपछि संयुक्तरुपमा रक्तदान गरिएको प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले बताउनुभयो । रक्तदान कार्यक्रममा १५ जना बढीले रक्तदान गरेका छन् ।

विसं २०५३ मा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यसले ब्लड गु्रप छुट्याउने र दाता खोज्ने गर्दछ । जिल्लामा ब्लड बैंक नहुँदा तत्कालै शल्यक्रिया गर्नुपर्ने, गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

जिल्ला अस्पताल खाँदबारीले सङ्खुवासभा र भोजपुरको उत्तर क्षेत्र र धनकुटा जिल्लाका नागरिकलाई सेवा पु¥याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here