भारतले भूकम्प पीडितलाई दोस्रो चरणमा पठायो ९ टन राहत सामाग्री

0
9

काठमाण्डौं । 

दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि दोस्रो चरणको राहत सामाग्री पठाएको छ।

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सोमबार दोस्रो चरणको राहत सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका छन।

अत्यावश्यक चिकित्सा तथा सरसफाई सामाग्री, त्रिपाल, स्लीपिङ ब्याग र कम्बलसहित सोमबार ९ टन राहत सामाग्री नेपालगन्ज ल्याइपु¥याइएको हो। भारतीय वायुसेनाको विशेष विमान सी–१३० मार्फत सो सामाग्री नेपालगन्ज पु¥याइएको भारतीय राजदूतावासले जनाएको छ।

यी राहत सामाग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ।

यसअघि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधिसहित ११ टन सामाग्री आइतबार पठाइएको थियो।
त्यस्तै, भूकम्पले निम्त्याएको यो अवस्थामा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्ने राजदूतावासले जनाएको छ।

भारत सरकारबाट हालसम्म प्राप्त सहयोगमा डबल फ्लाई टेन्ट–८४ वटा,प्लाष्टिक त्रिपाल ६सय२५ वटा,स्लिपिङ ब्याग २हजार १सय१२ वटा,ब्लांकेट २हजार२सय३० वटा,सिंगल फ्लाई टेन्ट ६५ वटा,लगायत स्वास्थोपचारका लागी विभिन्न ३हजार केजी सामाग्री रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here