रिताको सक्रियतामा आगलागी पिडित सुवेदीलाई कतारवाट आर्थिक सहयोग

0
29

विमल दहाल, इलाम । 

माई नगरपालिका वडा नम्बर–२ गोरखे घरभई हाल कतारमा कार्यरत रिता बस्नेतको सक्रियतामा आगलागी पीडित गोपाल सुवेदीलाई आर्थिक सहयोग गरिएको छ।

गत कार्तिक–६ गते दशैको नवमीका दिन घर आगलागी भई कष्टकर जीवन बिताइरहेका माई नगरपालिका वडा नम्बर–२ गोरखेका पिडित सुवेदीलाई रिताको सक्रियतामा साउदिया हाईपर मार्केट कम्पनीमा कार्यरत मनकारीहरुको सहयोगमा नगद ६१ हजार ६५ रुपैयाँ सहयोग प्राप्त भएको हो।

सहयोग रकम बिहिवार पत्रकार विमल दहाल मार्फत पिडितलाई हस्तान्तरण गरिएको छ। पिडित सुवेदीले सहयोगी रितालाई समेत धन्यवाद दिनु भएको छ। सहयोगी मनका धनी रिताले भन्नुभयो “गोपाल काकाले धेरै दुःख गरेर बनाएको घर थियो भन्ने मैले देखेको अनि सुनेको थिएँ । आगलागीबाट त्यो पनि नष्ट भएको समचार पूर्वाञ्चल डेलिडटकम अनलाईन मार्फत विदेशमा रहँदा पढे अनि उहाँको दुःखमा केही सहायता गर्न सक्छु भनेर मेरो सक्रियतमा आफुसहित कम्पनीका साथीहरुको सहयोगमा केही नगद पठाएको छु, पत्रकार मार्फत हस्तान्तरण गरिदिनु पर्यो” उहाँले भन्नुभयो।

अत्यान्तै बिपन्न परिवारका सुवेदीले जेनतेन गरेर बनाएको काठको दुई तले घर, गोठ, भान्सा घर, नगद, गरगहना र अन्नपात जलेर नष्ट भएको थियो। गाईको गोठबाट एक्कासी आगलागी शुरु भएको तर के कारणले भयो भन्ने एकिन नभएको सवेदीले जानकारी दिनुभयो। सुवेदीको घर आगलागी भएको समाचार पुर्वाञ्चल अनलाईमा प्रकाशन भएपछी देश विदेशबाट सहयोग आउन थालेको छ।

कमजोर आर्थिक अबस्थाका सुवेदीलाई देश बिदेशबाट सहयोगी मनहरुले सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ। उहाँलाई सहयोग गर्न चाहाने मनकारीहरुले सिधै उहाँको बैक खातामा समेत सहयोग गर्न सकिने छ। सहयोगका लागि सुबेदीका नाममा रहेको सानिमा बैंक लिमिटेड माई शाखाको खाता नम्बर ०५२०११०२००००३३८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here