जापानी टोली अर्जुनधारामा

0
10

बिर्तामोड ।

अर्जुनधारा नगरपालिका र जापानको टोनो सिटी लातेबीच भगिनी सम्बन्ध स्थापित गर्न जापानी टोली झापा आएको छ ।

अर्जुनधारा नगरपालिकाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिन बुधबार जापानको टोली अर्जुनधारा नगरपालिका आएको हो ।

टोलीले अर्जुनधारा–४ र ५को अवस्थको अनुगमन तथा अवलोकन गर्ने अर्जुनधारा नगरप्रमुख वलदेवसिंह गोम्देन तामाङले जानकारी दिए ।

चार सदस्यीय टोलीमा टोनोसिटी लाते शहरकी उपमेयर सोकी सुजुकी, प्रमुख परीक्षक यासुहिको कुराउची, यिमिको किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार टोमोनरी किकुची रहेका छन् ।

टोलीले नगरमा भएका स्वास्थ्य, शिक्षा र कृषि सम्बन्धी अध्ययन तथा अबलोकन गरेर भगिनी सम्बन्ध विस्तारका लागि अगाडि बढ्ने नगरले जनाएको छ । टोलीलाई अर्जुनधारा नगरपालिकामा पञ्चेबाजासहित स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here