सक्षम इन्भेष्टमेन्टको नेतृत्व चयन

0
14

अर्जुनधारा ।

झापाको बिर्तामोड नगरपालिका–५स्थित सक्षम इन्भेष्टमेन्ट प्रा.लि.को अध्यक्षमा नगेन्द्र कार्की चयन भएका छन् ।

संस्थाको कनकाई नगरपालिकामा शनिबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आगामी तीन वर्षे कार्यकालको लागि उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा पार्वता सुवेदी, सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा राजन वाग्ले र सदस्यहरुमा प्रविन कार्की, राम चौलागाईं र लक्ष्मी तुम्रोक चयन भएको निर्वाचन मण्डलका संयोजक सेमन्त बरालले जानकारी दिए ।

संयोजक बरालका अनुसार सोही सभाले सुरेश विष्टको संयोजकत्वमा अनुप कार्की र बलिन्द्र कार्की सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । संस्था तदर्थ समितिका संयोजक राजन वाग्लेको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य सेमन्त बरालले उद्घाटन गरेका थिए ।

संयोजक वाग्लेले संस्थाको वर्तमान अवस्था र भावी रणनीतिसँगै कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा लेखा समितिका संयोजक सुरेश विष्टले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही सभामा शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा सदस्यहरुबिच शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सदस्य दीपक खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य कुमार रायले गरेका थिए ।

२०७९ सालमा आर्थिक कारोबार गर्ने उद्देश्यले स्थापना भएको उक्त संस्थामा हाल ४० जना शेयर सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here