चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु

0
8

बेइजिङ ।

चीनमा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । अक्टोबर महिनामा चीनमा सङ्क्रमणका २०९ वटा केसहरू देखापरेका हुन् ।

यस दौरान सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि चिनियाँ अधिकारी हरले उनीहरूको मृत्यु कोरोनाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट नभएको स्पष्ट पारेका छन् ।

यी मृत्युहरू कोरोना र अन्य रोगका कारण भएको र यसमा कोरोना सङ्क्रमणबाट जिम्मेवार नभएको उनीहरूको भनाई छ । चीनमा पछिल्लो वर्ष डिसेम्बरमा कोरोना सङ्क्रमण बढेको थियो ।

त्यतिबेला चीनका स्वास्थ्य अधिकारीहरूले केही महिनाभित्र ८० करोड मानिस कोरोनाबाट सङ्क्रमित भएको आशङ्का जताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here