मोरङको उर्लाबारीमा आगलागी हुँदा चार जना प्रहरीसहित २७ जना घाइते

0
15

झापा ।

लक्ष्मीपुजाको राती मोरङको उर्लाबारीमा आगलागी हुँदा चार जना प्रहरीसहित २७ जना घाइते भएका छन् ।

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।

स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन् । आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here