एजेन्सी ।

चिसिएकाे सम्बन्ध सुधार गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ मंगलबार अमेरिका भ्रमणका लागि न्युयोर्क प्रस्थान गरेका छन्।
चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी न्युयोर्क प्रस्थान गरेका हुन्।
अमेरिका भ्रमणका क्रममा सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुनेछ।































