कमला माविमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत कुखुरा पालन

0
14

उमनाथ भण्डारी,
कमल ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले अहिले विभिन्न विद्यालयमा एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालन हुन थालेका छन् ।

विद्यार्थीलाई विद्यालय स्तर बाटै किताबी ज्ञानका साथ साथै व्यवहारिक ज्ञान दिन सकेमा पछि गएर कुनै न कुनै उद्यम सँग जोडिने र स्वरोजगार सृजना गर्न सहज हुने भएकोले पछिल्लो समय नमुना विद्यालयमा एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चलन सुरु गरेको हो ।

यसैक्रममा झापाको कमल गाउँपालिका–२ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा एक शिक्षण संस्था एक उद्यम कार्यक्रम अन्तर्गत कुखुरा पालन सुरु गरेको छ ।

विद्यार्थीले पढ्दै व्यावहारिक ज्ञान लिन सक्ने छन् भने भविष्यमा रोजगारी सृजना गर्न सहज हुने भएकोले समेत विद्यालयले व्यवस्थापन समिति बाटै निर्णय गरेर कुखुरा पालन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम अधिकारीले बताए ।

विद्यालयमा यसै वर्ष देखी यो कार्यक्रम सञ्चालनमा आएको हो । विद्यार्थीले कक्षा १२ अध्यायन पुरा गरुन्जेल सम्ममा कुनै न कुनै उद्यम सम्बन्धी ज्ञान लिन सक्ने छन् र आफूलाई स्वरोजगार बनाउन तर्फ कार्यक्रमले सहयोग पुग्ने छ भने विध्याल मा अध्ययनरत रहेका बेला आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाई खर्चमा समेत यो कार्यक्रमले सहयोग पुग्ने कमला बाल क्लबका अध्यक्ष राजु बस्नेत बताउँछन् ।

पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालयमा प्रारम्भिक चरणमा यो कुखुरा पालन बाट सुरु गरिएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत छनौट भएका विद्यालयमा विद्यार्थीलाई व्यवसायीका सीप प्रदान गर्दै विद्यार्थीलाई उत्पादन सँग जोढ्नका लागी यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । विद्यालयले अहिले कुखुरा पालन बाट सुरु गरेको छ भने आगामी दिनमा तरकारी तथा पुष्प उत्पादन तर्फका कार्यक्रम समेत सञ्चालन गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले जानकारी दिए ।

राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको ससर्त अनुदान कार्यक्रम मार्फत विद्यालयमा यो कार्यक्रम सञ्चलनमा रहेको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालयले उद्यमी विद्यार्थी क्लब र विद्यालयमा गठित कमला बाल क्लबलाई समेत कार्यक्रममा सहभागी गराएको छ । सुरुमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीलाई मात्र यो कार्यक्रममा सहभागी गराइएको छ भने आगामी दिनमा विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीलाई समेत कार्यक्रममा सहभागी गराइने विद्यालयले जनाएको छ ।

यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान प्रदान गर्नमा ठुलो सहयोग पुग्ने छ । जसका कारण विद्यालयको अध्ययन सकिना साथ विद्यार्थी कुनै न कुनै उद्योग वा व्यवसाय सँग प्रत्यक्ष रुपमा जोडिने छन् । तर, कार्यक्रम सञ्चानल गरेका विद्यालयले प्राप्त अनुदान रकमलाई सहि रुपमा सञ्चालन गर्न भने आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here