झापामा आजदेखि रास्वपाका सांसदको घरदैलो कार्यक्रम

0
6

झापा।

झापामा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको रास्वपा झापाका संयाेजक उमेश खरेलले बताए ।

कार्यक्रममा झापाका ५ वटै निर्वाचन क्षेत्रमा आज एकै साथ जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।

झापाकाे ५ वटै निर्वाचन क्षेत्रमा सांसद निसा डाँगी र पार्टिका केन्द्रीय सदस्य रमेश प्रसाईं सहभागी रहने छन् ।

आज झापाकाे क्षेत्र नम्बर ३ काे भद्रपुर, केचना, हल्दिबारीमा कार्यक्रम रहेकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here