अर्जुनधारा नगरले बिपन्नलाई सुधारिएको चुलो वितरण गर्ने

0
9

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले बिपन्नलाई सुधारिएको चुलो वितरण गर्ने भएको छ । नगरपालिकाले इनभाइरोमेन्ट प्रोटेक्शन सेन्टर रौतहट चन्द्रपुरको समन्वयमा आएको चुलो नगरका चिया बगान, सुपारीमा काम गर्ने मजदुर, परम्परागत रुपमा चुलो प्रयोग गर्दै आएका तथा विपन्नलाई सुधारिएको चुलो वितरण गर्ने भएको हो ।

नगरपालिकाले नै चुलो प्रयोग गर्नेको अनुगमन गरेर आवश्यक भएका बिपन्न ब्यक्तिहरुलाई नगरले नै गएर सुधारिएको चुलो बितरण गर्ने नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताएका छन् । नगरपालिकामा शनिवार (आज) ९२० वटा सुधारिएको चुलो आएको छ । ५ हजार ५०० रुपैयाँ मूल्य रहेको चुलो ढुवानी खर्च २०० लिएर बितरण गरिने नगर प्रमुख बलदेबले जानकारी दिए । उनका अनुसार फ्रिमा चुलो उपलब्ध गराउँदा त्यसको हिफाजत नहुने भएकाले ढुवानी खर्चबापत लागेको रकम २०० रुपैयाँ लिइने भएको छ ।

उक्त सुधारिएको चुलो इनभाइरोमेन्ट प्रोटेक्शन सेन्टरका झापा संयोजक अमर मेचेले नगर प्रमुख बलदेवलाई हस्तान्तरण गरेका हुन् । चुलो हस्तान्तरण गर्दै उनले चुलो प्रयोगको बारेमा समेत बताएका थिए । मेचेले अर्जुनधारा नगरपालिकामा ६ हजार वटा चुलो बितरण गर्ने लक्ष्य रहेको बताउँदै आज ९२० वटा आएको र एक महिनाभित्र ३ हजार चुलो आउने जानकारीसमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here