ज्येष्ठ नागरिकको सम्मान

0
9
झापा, सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरुको सम्मानमा राज्यले कुनै कञ्जुस्याइँ गर्न नहुने बताएका छन् ।
आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा सभामुखले ज्येष्ठ नागरिकहरु सबैका साझा अभिभावक भएकाले उनीहरुको सम्मान आवश्यक भएको बताए । आफ्नो जीवनको उर्वर समय, श्रम र सीप सबै मुलुकका निम्ति खर्चिएका ज्येष्ठ नागरिक बूढेसकालमा अपहेलित हुने गरेकाले उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए ।
त्यस अवसरमा सभामुख घिमिरेले विर्तामोड र कनकाई नगरपालिकाका एक सय ५० जना ज्येष्ठ नागरिकलाई  ढाका टोपी, खास्टो र लौरो वितरण गरे । लौरो प्रदान गरिएका ज्येष्ठ नागरिकलाई यातायात खर्च पनि उपलब्ध गराइएको विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here