कोल्बुङ बस दुर्घटनाः थप एकजनाको मृत्यु

0
9

झापा । इलामको रोङ गाउँपालिका – ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या दुई पुगेको छ ।
धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने बर्ष ३५ की मनवती लामाको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको हो । यस अघि धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अडकिएका थिए ।
घाइतेमध्ये अन्य दुई जनाको अबस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी३०० मिटर तल खस्दा ३५ जना घाइते भएका छन् ।

घाईतेहरुको  बिवरण :-

  • जिल्ला धनुषा धानुषाधाम न.पा.- ९ धारापानी बस्ने बर्ष २० की गणेश कुमारी मोक्तान ( अनुहारमा चोट अवस्था सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ११ की समिक्षा मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १२ को शेखर मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १२ की निर्जला मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ३६ की अन्जु लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष २ की स्नेहरीका लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ९ की रिजा लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ११ की काजल नायक ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १४ की निकिसा मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ११ की रितु लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ४० की सुन माया लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष २० की कबिता घिसिङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १३ को सौगात लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १४ की बर्षा तामाङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १५ को सिद्दार्थ तामाङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १७ की स्वेच्छा लोप्चान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १२ की बिबिसा मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १५ की रोजिना तामाङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष २८ की कल्पना कुमारी लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ३१ की शान्ता पाख्रिन ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १८ की सन्ध्या मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ४० की तुल्मा लामा ( अनुहार तथा शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको )
  • ऐ ऐ बस्ने बर्ष ३५ की मनवति लामा ( मृत्यु भएको )
  • ऐ ऐ बस्ने बर्ष ३० की ज्ञानु लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १८ की प्रतिक्षा लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ४५ की लाल कुमारी लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ४० को बिर बहादुर मोक्ता ( प्रप्रका सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको )
  • ऐ ऐ बस्ने बर्ष १५ को करण मोक्तान ( सामान्य )
  • ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ६० कि शान्ता माया तामाङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ३५ को अनिल परियार ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ३० की रचना घिसिङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष ३५ को सञ्जिब तामाङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १८ की रेणु घिसिङ ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १६ की समिक्षा लामा ( सामान्य )
  • ऐ ऐ बस्ने बर्ष १२ को अर्पण लामा ( मृत्यु भएको )

घाईतेको नामावली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here