नेपालमा कम्युनिस्ट मिलाउ या चीनद्वारा भजाऊ अभियान

0
7

काठमाण्डौं ।

नेपालको पाँच दिने भ्रमण सकेर सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र कमिटीका सचिव वाङ चुनचङ स्वदेश फर्केलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको अर्को टोली काठमाडौं आइपुगेको छ ।

चियांग्सी प्रान्तीय कमिटीका उपसचिव उ चोंग छिओङको नेतृत्वमा ६ सदस्यीय टोलीे श्रीलंकाको राजधानी कोलम्बो हुँदै नेपाल आएको हो । श्रीलंकन एयरलाइन्सको उडान नम्बर युएल–१८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको पाहुना टोलीलाई काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङ्गले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको हो ।

आगामी बुधबार स्वदेश फर्कने कार्यतालिकासहित आइपुगेको पाहुना टोली मुकामका लागि होटल सोल्टी पुगेको छ ।

यसअघि चुनचङ नेतृत्वको ११ सदस्यीय उच्चस्तरीय टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु, गण्डकी प्रदेशका मुख्यमन्त्री लगायतसँग भेटवार्ता गरेको थियो । पाँच दिन लामो भ्रमण सकेर उनीहरु कोलम्बो उडेको एक सातापछि अर्को चिनियाँ टोली श्रीलंका हुँदै नेपाल आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here