एनएमसीको ३१औ साधारण सभा

0
25

विमल दहाल, इलाम।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसीको ३१औं साधारण सभा अन्तरगत सेवा केन्द्रगत इकाईमा साधारण सभा जारी रहेको छ ।

मेची क्षेत्र अन्तरगतका सेबा केन्द्रबाट गत मंसिर-२ गते देखि शुरु भएको साधारणसभा मंसिर-८ गते कन्काई रतुवा ख क्षेत्रको इकाईगत रुपमा सेवा केन्द्रगत सम्पन्न हुने र मंसिर-१६ गते बिर्तामोडमा माईन्युट प्रमाणिकरण संगै सम्पन्न हुनेछ ।

साधारण सभा अन्तरगत मंसिर ३ गते इलाम क्षेत्र, मंसीर ४ विर्ता अर्जुन क्षेत्र, मंसीर ५ मोरङ क्षेत्र, मंसीर ६ भद्रपुर-केचना क्षेत्र, मंसिर-७ कन्काई रतुवा क्षेत्र र मंसीर ८ कन्काई रतुवा ख क्षेत्रमा बार्षिक साधारण सभा सम्पन्न गरिने कार्यसुची रहेको छ । इलाम, मोरङ्ग र झापाका ५८ वटा सेवा केन्द्रबाट सेवा सन्चालन गर्दै रहेको तथा कार्यक्षेत्र रहेको एनएमसीले सोमबार दानाबारी सेवा केन्द्र सहित बिर्ता-अर्जुन अन्तरगतका सेवा केन्द्रमा साधारण सभा सोमवार सम्पन्न गरेको हो ।

दानाबारी सेवा केन्द्र अन्तर्गत सम्पन्न साधारणसभाबाट सन्चालक समितिको तर्फवाट प्रस्तुत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको तर्फवाट प्रस्तुत प्रतिवेदन, बार्षिक लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, विनिमय संशोधन, आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट तथा कार्यक्रम, सहकारी संस्थाको एकिकरण, कर्मचारी दरबन्दी स्वीकृत, सदस्य कल्याणकारी व्यबस्था सम्बन्धमा, सन्चालक समितिलाई अधिकार प्रत्यायोजन सम्बन्धमा, जग्गाको हक, खरिद र बिक्री सम्बन्धमा तथा विविध सम्बन्धमा लगायतका प्रस्ताव पारित गरेको छ।

मेचीनगर-६ काँकरभिट्टा प्रधान कार्यालय रहेको सहकारी संस्था झापा,इलाम र मोरङ्गमा गरि ५८ वटा सेवा केन्द्र, ५ वटा ब्यबसाय क्रमश वित्तीय, डेरी, एकिकृत नमुना कृषि फर्म,सहकारी पसल र चिया व्यवसाय सञ्चालनमा रहेको छ।

माई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उर्द वहादुर राईको प्रमुख आथित्यमा सम्पन्न साधारणसभाबाट संस्थाको २०५० वाट भएको बिकासक्रम, सदस्य एवम सामुदायिक हितमा संस्थाको भुमिका, व्यवसाय सम्भाव्यता अध्यान लगायतका विषयमा सदस्यलाई जानकारी गराईएको थियो। दानाबारी सेवा केन्द्र अन्तर्गत ११ सय सदस्य रहेको संस्थाको कुल १ लाख ५७ हजार सदस्य रहेको एनएमसी दानाबारी सेवा केन्द्र प्रमुख निरोज कार्कीले जानकारी दिनुभयो।

संस्थाको शेयर पुँजी १ अर्ब ४० करोड ५ लाख १८ हजार ६ सय रुपैयाँ, कोष हिसाब ७६ करोड ४२ लाख ४१ हजार ४ सय ५५ रुपैयाँ, निक्षेप हिसाब ९ अर्ब ४० करोड ५६ लाख ३९ हजार ८ सय ८३ रुपैयाँ, कर्जा लगानी १० अर्ब ६३ करोड ३६ लाख २९ लाख १८ रुपैयाँ रहेको छ। संस्थाको स्थिर सम्पत्ति ६९ करोड ६७ लाख ७४ हजार ३ सय २५ रुपैयाँ नाफा २७ करोड ५७ लाख ९९ हजार २ सय ६६ रुपैयाँ लगायत गरि कुल सम्पत्ति १३ अर्ब १६ करोड ३३ लाख ८ सय ८० रुपैया रहेको प्रतिवेदन मार्फत जानकारी गराईएको थियो।

असल संस्कार र समृद्धिका लागि एनएमसी मुल मन्त्रका साथ सम्पन्न साधारणसभामा सेवा केन्द्रका संयोजक शिब भण्डारीको अध्यक्षता, सदस्य विमल दहालको स्वागत तथा प्रमुख निरोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो। साधारणसभामा प्रमुख अतिथि उर्द वहादुर राई, एनएमसी सेवा केन्द्रका केन्द्रीय सञ्चालक समिति सदस्य कुन्ता देबी खनाल, मानव संसाधन विभाग प्रमुख जीवनमणी कटुवाल, सहकारी पसल संयोजक सूर्य मैनाली लगायतले बिभिन्न विषयमा जानकारी गराउनु भएको थियो ।

नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखा सभा हलमा सम्पन्न साधारण सभामा दानावारी रेडक्रस सभापतित्व मित्र प्रसाद गौतम, समाजसेबी कृष्ण खाँकी, ध्रुब श्रेष्ठ, कन्काई माबिका प्रधानाध्यापक हरिप्रसाद पौडेल, लोदिया प्रहरी चौकी इन्चार्ज कैलासकुमार केसी, सन्चारकर्मी हरि असीम लगायतको आथित्यता रहेको थियो। शेयर सदस्य उर्बशी गौतम, गोपाल कटुवाल र प्रदिप शर्माले विषय बस्तुमाथि टिपोट तथा टिप्पणी जानकारी गराउनु भएको थियो।

आगामी मंसिर १६ बिर्तामोडमा अन्तिम माईन्युट प्रमाणीकरण रहने साधारणसभाका लागि नेत्र भट्टराई, टंक कुमारी तिम्सीना र सेतु तामाङ तीन जना प्रतिनिधि छनौट समेत साधारण सभामा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here