एनएमसी सैनिक उपएकाइगत साधरणसभा सम्पन्न

0
10

रत्नबहादुर बस्नेत,
सैनिकबजार।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ३१ अौं वार्षिक साधरणसभा अन्तर्गत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ।

एनएमसी सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको सभापतित्व एवं बिर्तामोड-१० का वडाध्यक्ष दूर्योधन गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन संस्थाको सञ्चालक समिति सदस्य पवित्रा न्यौपानेले प्रस्तुत गरेकी थिइन भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सञ्चालक समिति उपाध्यक्ष विष्णु गौतमले रआर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम बिर्ता-अर्जुन क्षेत्रीय प्रमुख प्रकाश सुबेदीले प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार गत असार मसान्तसम्म संस्थाको चुक्ता शेयर पूँजी एक अरब ४० करोड ५ लाख १८ हजार, ६००,निक्षेप मौज्दात ९ अरब ४० करोड ५६ लाख ३९ हजार ८८३ रुपैयाँ छ भने कर्जा लगानी १० अरब ६३ करोड ३८ लाख२९ हजार १८ रुपैयाँ, नाफा २३करोड२५ लाख ८७ हजार ३३९ रुपैयाँ र शेयर सदस्य संख्या १ लाख ५३ हजार ८०३ रहेको छ। झापा,मोरङ र इलाम जिल्लामा ५८ वटा सेवाकेन्द्र सञ्चालनमा रहेको एनएमसीले ५ प्रकारका व्यवसायसहित सामुदायिक गतिविधि गर्द‌ै आएको छ।

साधरणसभाले आगामी मंसिर १६ गते बिर्तामोडमा सम्पन्न हुने अन्तिम साधरणसभा तथा मान्युट प्रमाणीकरणका लागि तीन जना प्रतिनिधि छनौट गरेको बताइएको छ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, वडा सदस्य पृथ्वी बस्नेत,विशाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र गौतम,सिद्धार्थ शिशुसदन बोर्डिङ स्कूलका प्रिन्सिपल मन्दिर शाही,प्रेमराज पौडेल,सञ्चारकर्मी सन्तोष बेघागायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शेयर सदस्य डिल्लीराज भण्डारी लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए।

सभामा उठेका जिज्ञासाको जवाफ संस्थाका सञ्चालक समिति उपाध्यक्ष गौतमले दिएका थिए। अन्तिम मान्युट प्रमाणीकरण सभामा पेश गरिने प्रस्ताप तथा प्रस्तुत सम्पूर्ण प्रतिवेदन सभाले अनुमोदन गरेको थियो। कार्यक्रमको सञ्चालन संस्थाको सैनिकबजार सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here