साई बाबाको ९८ औं जन्मोत्सव

0
144

गोपाल अधिकारी,
बिर्तामोड । 

साइबाबाको ९८ औं जन्मोत्सव मनाइएको छ । सत्य साई सेवा संगठन नेपालद्वारा सत्य साई केन्द्र अनारमनीमा पाँच दिवसीय कार्यक्रम गर्दै बिहीबार जन्मोत्सव मनाइएको हो । मंसीर ३ गतेबाट विभिन्न कार्यक्रम गर्दै पााँच दिनसम्म जन्मोत्सव मनाइएको हो ।

कार्यक्रम अन्तर्गत मंसीर ३ गते ओमकार, सुप्रभातमा, वेदपाठ, नगर संगकीर्तन, स–सम्मान तथा महिला कार्यक्रम अन्तर्गत आत्मनिर्भरताको लागि वाती काट्ने कार्यक्रम गर्दै असहाय, असशत्तः महिलालाई सम्मान गर्दै प्रसाद वितरण गरिएको थियो ।

मंसीर ४ गते युवा कार्यक्रम अन्तर्गत शिवगञ्जका बजारमा चार घर परिवार लाभान्वित हुने गरी र आफ्नै कम्पउण्डमा पानी तान्ने कल जडान गरिएको थियो । त्यस्तै मंसीर ५ गते शिक्षा सेवा अन्तर्गत बाल विकास कक्षाका विद्यार्थी तथा गुरुआमाहरुसँग बाल अधिकारका बारेमा प्रगति विवरणसहित साक्षत्कार गरिएको थियो ।

पाँच दिवसीय कार्यक्रमको चौथो दिन मंसीर ६ गते सत्य साई केन्द्र मुलक संस्था भएकोले बिर्तामोडको दुर्गा मन्दिर प्राङ्गणमा २५० जनाभन्दा बढीलाई प्रसाद स्वरुप हलुवा, आलुदम, पानी, फलफूल वितरण गरिएको थियो ।

सत्य साई बाबाको जन्म दिनमा २१ पटक ओमकार, सप्रभातम् वेदपाद, नगर संगकीर्तन सहित बिर्ताबजार परिक्रमा गर्दै रातमा सडकपेटीमा रात गुजारी रहेको अशक्त नागरिकलाई कम्बल वितरण गर्दै समापन गरिने निर्वतमान अध्यक्ष देवी सापकोटाले बताइन् ।

कार्यक्रमको सहजीकरण अध्यक्ष जानुका मिलत्तले गरेकी थिइन् । उनले डिसेम्बर १, २, ३ तारिख भारतको बैङ्लोर आन्द्रा प्रदेश अन्तर्गत पुट्टापर्तीमा हुने सुवर्ण जयन्ती समारोहमा नेपालाबाट पाँच हजार जनाको सहभागिता रहने जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here