प्याब्सन बिर्तामोडको सांस्कृतिक कार्यक्रम मंसीर १३ र १४ मा

0
12

झापा ।

प्याब्सन बिर्तामोडको बार्षिक सांस्कृतिक कार्यक्रम मंसीर १३ र १४ गते हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले हरेक बर्ष जस्तै यस बर्ष पनि सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

बिर्तामोड भरिका ४८ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा रचनात्मक रुपमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष उत्तम खनालले जानकारी दिए ।

उमेर र समूह अनुसार नृत्य ,गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने बताईएको छ । जिम्मेवारी बाड्फाड तथा योजना निर्माण बैठकमा बोल्दै प्याब्सन नगर सह(सचिब देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता र प्रतिभालाई उजागर गर्ने प्लेटफमको रुपमा प्याब्सनको कार्यक्रम हुँदै आएकाले कार्यक्रम विद्यार्थी केन्द्रित हुने जानकारी दिए ।

नृत्य र गायन प्रतियोगितामा बिर्तामोड भरिका करिब २५ सय बिधार्थीको सहभागिता रहने उनले बताए । कार्यक्रममा २ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रत्येक बर्ष प्याब्सनले गर्ने सांस्कृतिक,खेलकुद तथा अन्य कार्यक्रममा बिर्तामोड नगर क्षेत्रका बिद्यालयले रचनात्मक प्रस्तुति दिदै आएकाले यस कार्यक्रम लाई महत्त्वका साथमा हेरिएको सचिब सुरेन्द्र खरेलले बताए । उनका अनुसार नगरमा उत्कृष्ट हुने प्रतियोगी तथा समुहले जिल्लाको कार्यक्रममा सहभागिता जनाउन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here