बिर्तामोडमा द शिप सट सञ्चालनमा

0
12

बिर्तामोड, झापाको बिर्तामोडमा ‘द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ ।
बिर्तामोड ५ मायादेवी कम्प्लेक्समा शनिबारदेखि ट्रेनिङ सेन्टर सञ्चालनमा आएको हो । ट्रेनिङ सेन्टरको उद्घाटन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, संस्थापक अध्यक्ष शारदा रिजाल, ‘द शिप सट कफी सप सञ्चालक सुमित्रा भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।
विगत पाँच वर्षयता कफी संस्कृतिको विकास हुँदै गएकाले यस क्षेत्रमा लगानी गरिएको सञ्चालका एञ्जेला भट्टराईले बताइन् । ४० लाख रुपैयाँ भन्दा बढीकोे लगानीमा सञ्चालनमा आएको सेन्टरमा कफीका पारखीले ५ प्रकारका अग्र्यानिक र गुणस्तरीय कफीको स्वाद लिन सक्ने छन् । कफी सपमा ६२ प्रकारका हट तथा कोल्ड कफी पाइने उनले बताइन् ।
विदेशमा १४ वर्षसम्म कफीको क्षेत्रमा काम गरेको अनुभव बटुलेका श्याम भट्टराई ट्रेनिङ सेन्टरमा मुख्य प्रशिक्षणका रुपमा प्रशिक्षण दिने जनाइएको छ । विदेशमा काम गर्न जाने तथा स्वदेशमै रहेर कफी सम्बन्धी काम गर्न चाहनेलाई ए टु जेड सम्म सीप सिकाइने मुख्य प्रशिक्षक भट्टराईले बताए ।
विदेशमा काम गर्ने क्रममा कफी सम्बन्धी पूर्ण ज्ञान नहुँदा धेरै युवाहरुले दुःख पाउने गरेको देखेको उनले बताए । ट्रेनिङ सेन्टरबाट विद्यार्थीले दानादेखि कपसम्म पुर्याउने सीप सिक्ने उनको भनाइ छ ।
ट्रेनिङ सेन्टरबाट ९ प्रकारका कोर्ष सिकाइने र उद्घाटनको अवसरमा एक महिनासम्म विशेष छुटको व्यवस्था रहेको छ । हाल दुई जनाले कफी सपमा रोजगारी समेत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here