झापामा निर्मित पृथ्वीनारायण शाहको सालिक पूर्वराजा ज्ञानेन्द्रले गरे अनावरण

0
13

झापा  । पूर्ब राजा ज्ञानेन्द्र शाहले बिर्तामोड १ स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।    
कलेज परिसरमा तयार पारिएको शाहको सालिक आज दिउँसो पूर्बराज ज्ञानेन्द्रले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण गरिएको हो । सो समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभाागी बने । कलेज परिसरमा तयार पारिएको शालिक अनावरण कार्यक्रमका लागि पूर्व राजा शाह शुक्रवार बेलुका झापा आएका थिए । उनी मेचीनगरस्थित फाइभस्टार होटल मेची क्रमउनमा बसेका थिए ।


आज दिउँसो १ बजे होटल परिसरबाट निस्किएर उनी सोझैं बिर्तामोड १ स्थित इकम कलेज आएका थिए । हजारौं समर्थकका बीच कलेज परिसर आएका पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाँहिदैन’ गणतन्त्र मूर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो ।
बिर्तामोड पश्चिम भाटभटेनी परिसरबाट झण्डै एक किलोमिटर पश्चिम उत्तरमा रहेको कलेज परिसरसम्म नै पूर्व राजा हिँडेर सर्बसाधारणसंग भेट गर्दै गएका थिए । सो बखत हजारौ समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई पुष्पगुच्छा प्रदान गरेका थिए ।
राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देन सहित प्रदेश र जिल्ला अध्यक्ष सहितका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेर पूर्व राजा ज्ञानेन्द्रलाई कार्यक्रम स्थल पु¥याएका थिए । कलेज परिसर पुगेलगत्तै पृथ्वीनारायण शाहको शालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा उनलाई बसाइएको थियो । छेउमा राप्रपाका अध्यक्ष लिङ्देन र अर्काे छेउमा कलेजका संस्थापक आलोक कार्की बसेका थिए ।
कार्यक्रममा सहभागी बन्न गाउँगाउँबाट हजारौंको संख्यामा सर्वसाधारण आएका थिए ।
यता पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी भएको छ ।
पूर्व राजाले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईँका पक्षमा पनि नाराबाजी भएको हो ।
स्थानीयले ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।

पूर्वपश्चिम राजमार्गमा दुर्गाको पक्षमा पनि नारा घन्किएपछि राप्रपा अध्यक्ष लिङ्देनले उनीहरुलाई चुप लाग्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here