एमाले माईले गर्यो ८५० जना ज्येष्ठ नागरिकलाई सम्मान

0
21

विमल दहाल,
माई ।

नेकपा एमाले माई नगरकमिटीले देउसी भैलो तथा विभिन्न चाड पर्बको शुभकामना आदन प्रदान तथा जागरण सम्मान कार्यक्रम एवम माई नगर कमिटी कार्यालय निर्माण अभियानको आज ९शनिवार० समापन गरेको छ ।

समापन कार्यक्रमका अबसरमा ज्येष्ठ नागरिक सम्मान, जग्गादाता सम्मान, खेलाडी सम्मान सहित शुभकामना आदन–प्रदान गरिएको नेकपा एमाले माई नगर कमिटी अध्यक्ष खम्बा सिं लिम्बूले जानकारी दिनुभयो ।

गत कार्तिक २६ गते देखि माई नगरका वडा वडामा देउसी कार्यक्रम सहित ज्येष्ठ सम्मान कार्यक्रम सन्चालन गरिएको थियो । सम्मान कार्यक्रममा माई–४ वाहेक माई नगरका अन्य ९ वटा वडामा ६ सय ६३ जना र शनिवार माई–४ भित्र र अन्य छुट जेष्ठ नागरिक सहित दुई सय जना गरी ८ सय ६३ जना ज्येष्ठलाई ढाँका टोपी र गाम्चा द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेको भवन निर्माणका लागि १२–१२ आना जग्गादान गर्नुहुने माई–२ मस्त निवासी अर्जुन र कुन्ता पाण्डे तथा चन्द्रलाल र धनमाया गिरीलाई सम्मान गरिएको थियो । त्यस्तै अर्जुनधारामा सम्पन्न कराते प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीलाई समेत सम्मान गरिएको थियो ।

नेकपा एमाले माई ४ वडा कमिटी अध्यक्ष जीत बहादुर केरुङको अध्यक्षता, पुर्व प्रदेश साँसद काजीमान कागतेको प्रमुख आथित्यता, माई सचिव हेमबहादुर मगरको सन्चालन र सचिवालय सदस्य धन बहादुर आङदम्बेको स्वागतमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी उपसचिव बिष्णुमाया आचार्य, माई नगर कमिटी अध्यक्ष खम्बा सिंह लिम्बू, ज्येष्ठ नागरिक सोमनाथ ढकाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु दिपक कुमार थेवे, मुखराज आङदम्बे, कुमारी रैका, शिब भण्डारी, मेघनाथ गिरी, राजकुमार गड्तौला लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here