सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
9

पथरीशनिश्चरे

पथरीशनिश्चरे नगरपालिका–१० मोरङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका ५ झापा बस्ने वर्ष ३५ सानेकुमार राईको दुर्घटनामा परी मृत्युु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व हिडेको मे ९ प ७१८० नम्बरको स्कुटरले सडक किनारामा रोकेर राखेको ए–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा स्कुटर चालक राई घाइते भएका थिए ।

स्थानिय र प्रहरीले घाइते अवस्थामा रहेका राईलाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी पठाएपनि उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको इप्रका पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here