भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास

0
9

नयाँ दिल्ली।

भारतीय र अमेरिकी सेनाबीच भारतको पूर्वोत्तर राज्य मेघालयमा संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । भारतीय र अमेरिकी सेनाले मेघालयको उमोरी क्षेत्रमा ‘वज्र प्रहर २०२३’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

अभ्यासमा भारतीय सेनाको पूर्वी कमाण्डको विशेष बल र अमेरिकी सेनाको प्रथम विशेष बल समूह (एसएफजी) का सैनिक सहभागी रहेको इन्डिया ब्लुम्सले जनाएको छ ।

यस अभ्यासबाट दुई मुलुकका सेनाबीच संयुक्त सैन्य अभियान योजना र कारवाही रणनीतिबारे अभ्यास र अनुभव आदान प्रदान हुने भारत सरकारको विश्वास छ । भारत र अमेरिकाबीच प्रथम पटक सन् २०१० मा यस्तो किसिमको सैन्य अभ्यास सञ्चालन भएको थियो । यस वर्षको यो अभ्यास १३ औँ संस्करणको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अभ्यासमा सैनिकहरुले आतंकवादविरुद्धको कारवाही, विशेष सैन्य अभियान, हवाइ कारवाही एवम् पहाडी क्षेत्रमा युद्ध कलाबारे प्रशिक्षण लिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here