नेत्रहीन संघको नेतृत्व चयन

0
10

बिर्तामोड ।

झापा नेत्रहीन संघको नयाँ नेतृत्व चयन भएको छ ।

संघको १७आंै वार्षिक साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनले होमनाथ राजवंशीको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको हो ।

बिर्तामोडमा भएको अधिवेशनले उपाध्यक्ष उत्तम खतिवडा, सचिव देउकुमार राजवंशी, सहसचिव मुना भट्टराई र कोषाध्यक्षामा रोशन थापालाई चयन गरेको जनाइएको छ ।

त्यस्तै सदस्यहरुमा भोजकुमार तामाङ, केशवप्रसाद न्यौपाने, सुशिला दाहाल सापकोटा, भीमकुमारी श्रेष्ठ, विमलादेवी कुमाल र सन्ध्या इङ्नामलाई चयन गरेको बताइएको छ ।

अधिवेशनले तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको संयोजकमा नरेन्द्रकुमार मेहेङ्गो, चयन भएका छन् । सदस्यहरुमा कल्पना बाँस्तोला र रञ्जु रजक राई चयन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here