बागेडाँगी त्रिदेवीको २१औं सभा

0
8

लक्ष्मीपुर ।

बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.अर्जुनधारा ५ को २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्काको प्रमुख आतिथ्य, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालको विशिष्ट आतिथ्य तथा संस्थाका अध्यक्ष छविलाल लम्सालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष लम्सालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुुत गरेका थिए । कार्यक्रममा संस्थाको गत आर्थिक वर्षको १५ करोड तीन लाख ८६ हजार १५ रुपैयाँको हिसाब सार्वजनिक गरिएको थियो ।

एक हजार छ सय आठ जना शेयर सदस्य रहेको संस्थाले रजत जयन्ती वर्षको अवसरमा एकीकरण उपसमिति सम्मान, अर्जुनधारा–४ र ५ तथा कनकाई–८ र ९ का ज्येष्ठ नागरिकसँग बागेडाँगी कार्यक्रम, बाल पर्यटन भ्रमण, शेयर सदस्यलाई धार्मिक अवलोकन भ्रणण, रक्तदान लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य नर्वदा कार्की र महेश्वर उपाध्याय, उत्कृष्ट बचतकर्ता निर्मला कटुवाल र प्रेमबहादुर गिरी, उत्कृष्ट धितो ऋणी बलाई राजवंशी र केदार विश्वकर्मा, उत्कृष्ट सामुहिक ऋणी जानुका देवीथापा र छत्रपति निरौला तथा उत्कृष्ट कृषक तुलसादेवी चापागाँईलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष सूूर्य रिमालले स्वागत गरेको कार्यक्रममा संस्थाका पूूर्व अध्यक्षहरु दुुर्गाप्रसाद पराजुली, उमानाथ लम्साल, पाण्डव सहकारीका उपाध्यक्ष देवीकुमारी घिमिरे, बागेडाँगी विकास केन्द्रका उपाध्यक्ष एलवी गिरी, संस्थाका संस्थापक अध्यक्ष वीरेन्द्रबहादुर बुढाथोकी, कनकाई नपाका पूर्व कार्यपालिका सदस्य सुनिता सिग्देल, रुद्र ओली, शिवकुमार चुडाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक यशोदा कार्कीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here