खानेपानीको पीडाले रंगियो सामाजिक संजाल

0
9

इलाम । बेला बेलामा चर्चा भइरहने इलाम बजारको खानेपानी फेरि पनि चर्चामा आएको छ । खानेपानीको हाहाकार हुने इलाम बजारमा साना सहरी खानेपानी आएपछि त अब ढुक्क हुन्छ भन्ने सोचेका इलाम नगरवासी त्यो अनुभुति गर्न अझै पाएका छैनन् । इलाम सदरमुकाम त्यसमा पनि जिल्लाकै पुरानो नगरपालिकाका नागरिकका रुपमा रहेका इलाम बजारबासीका लागि सबैभन्दा पीडाका रुपमा रहेको ४८ घण्टामा मुस्किलले १ घण्टा धारामा पानी आउने गरेको छ ।
खानेपानी थाप्नका लागि इलाम बजार नजिकै रहेका धारामा घण्टौँ लाइन लाग्नु पर्ने बाध्यता थियो । यही अनेकन समस्या भोगेका इलाम नगरबासीका लागि अब पानीको समस्या समाधान हुने गरिको करोडौको आयोजना शुरु हुने भयो,अब २४ सै घण्टा पानी धारामा आउछ भन्ने खबर पाएसंगै हर्षित बनेका इलाम नगरबासीको त्यो खुसीको पल अहिलेसम्म पनि अधुरै रहेको छ ।
केही बर्ष अघिबाट इलाम सदरमुकाममा करोडौंको लगानीमा खानेपानी आयोजनाको काम शुरुभयो र अहिले काम पनि सम्पन्न भइसक्यो तर आयोजना सम्पन्न भइसक्दासम्म पनि इलाममा २४ है घण्टा पानी आउने एका देशको कथा जस्तै रहेको छ । आयोजना सम्पन्न भएर पनि पानी वितरण गरेको महिनौ भईसक्यो तर खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको स्थानीय बताउँछन् । केही महिना अघिबाट नियमित रुपमा धारामा पानी संचालन भईरहेको भएपनि आयोजना शुरुहुने बेलामा भने जस्तो २४ घण्टा पानी धारामा आउन सकेको छैन भने केही घण्टा आउने पानीले समेत नियमितता पाउन सकेको छैन । निमार्ण सम्पन्न भएको केही महिना नबित्दै अहिले खानेपानीमा समस्या आउन थालेको छ । यस अघि खानेपानीको काम गुणस्तरको नभएको भन्दै स्थानीयले आबाज मात्र उठाएका छैनन् अख्तियारको ढोका ढकढक्याउनसम्म पुगेको छन् ।
हो अहिले निमार्ण सम्पन्न भएको केही समय नबित्दै खानेपानीले इलाम नगर बासीलाई खानेपानीले दुःख दिन थालेको छ । यस्ले पनि अहिले नगरबासीले खानेपानीको भबिश्य के होला भनेर प्रश्न खडा गर्न शुरु गरेका छन् । केही दिन यता इलाम बजारमा खानेपानीको समस्या देखिएको छ तर नगरपालिका उक्त समस्याको बारेमा बेखबर जस्तै बनेको देखिन्छ ।
इलाम नगरपालिका ७ मा रहेको इलाम अस्पतालमा पानीको समस्या भएर नगरपालिकाको खानेपानी शाखामा सम्पर्क गर्दा सम्पर्कहुन नसकेको अस्पतालका कर्मचारी कमलनिधि चापागाईले सामाजिक संजाल मार्फत समस्या ब्यक्त गरेका छन् । उनले लेखेका छन् – अस्पतालमा पानीको समस्या भएर सम्पर्क गरेको फोन नै उठेन न त कल ब्याक नै आयो” ।
यस्तै इलाम नगरपालिका ७ कै होटल संचालक डम्बर सापकोटाले समेत नगरको खानेपानी शाखामा सम्पर्क गर्दा फोन नउठेको बताएका छन् । कहिले आउछ धारामा पानी ? के पानी दिन नसकेर हो फोन नउठाएको ? भन्दै उनले सामाजिक संजाल फेसबुक मै नगरपालिकालाई प्रश्न समेत सोधेका छन् ।
उता इलाम नगरपालिका ९ का दिपेन्द्र कट्टेलले भने नगरपालिकाले एउटा बोल्ने काम अर्कै गर्ने गरेको बताएका छन् । अहिले इलाम बजारमा खानेपानी समस्या देखिएको छ । तर, साना सहरी खानेपानी आयोजनाका अध्यक्ष, इलाम नगरपालिकाका प्रमुख केदार थापाले भने बजार क्षेत्रमा पानी वितरणको ठूलो सञ्जाल रहेको र खानेपानीको मुहान टाडा भएकाले बीचबीचमा समस्या आईरहने त्यसलाई मिलाई रहेको बताउने गरेका छन् ।
कसरी शुरुभयो आयोजना ?
एसियाली विकास बैङ्क एडिबीको आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम भएको हो । आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको प्रारम्भिक तयारी सुरु गरे पनि समयमा काम सम्पन्न भएको थिएन ।
एसियाली विकास बैङ्क ९एडिबी० को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपामा खानेपानी आयोजनाको ठेक्का लागेको थियो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठुलो खानेपानी आयोजना हो । ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाले समयमा काम त सम्पन्न नगरे पनि पानी वितरण हुन थाल्दा पनि खानेपानीको समस्या सुरु भएको छ ।
खानेपानी ल्याउनका लागि शुरुमानै प्रति घरधुरी १५ हजार २०० का दरले रकम उठाइएको थियो । खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here