चीनमा अस्पतालहरू भरिएका छन्, चीनमा नयाँ भाइरस फैलिएपछि भारतले जारी गर्यो सूचना

0
5

एजेन्सी ।

चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ।

त्यस्तै कुनै ठूलै संक्रमण फैलन सक्ने तयारी गर्न पनि अस्पताललाई भनिएको छ। एडभाइजरीका अनुसार अस्पतालका कर्मचारी , बेड, जरुरी औषधि,अक्सिजन, एन्टिबोयोटिक, पीपीई, टेस्टिङ किटको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको छ।

त्यस्तै अस्पतालहरुलाई अक्सिजन प्लान्ट र भेन्टिलेटरले राम्रो काम गरेको छ कि छैन परीक्षण गर्न भनिएको छ। संक्रमण फैलनका लागि रोक्न बनाएको इन्फेक्सन कन्ट्रोल प्रोटोकलको पनि समीक्षा गर्न जरुरी भएको एडभाइजरीमा भनिएको छ।

चीनमा श्वासप्रश्वाससँग जोडिएको निमोनियाँ जस्तै हुने एक प्रकारको भाइरसको संक्रमण फैलिएको छ। यसबाट बालबालिका धेरै प्रभावित हुने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

विश्व स्वास्थ्य संगठनले उक्त संक्रमणको बारेमा धेरै सूचना उपलब्ध गराउन समेत चीन सरकारलाई भनेको छ। चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here