पाण्डवको नेतृत्व चयन

0
40

लक्ष्मीपुर ।

अर्जुनधारा–५ लक्ष्मीपुरस्थित पाण्डव बचत तथा ऋण सहकारी संस्था लि.मा पुुष्पबहादुर घलेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वससम्मत चयन भएको छ ।

नवदुुर्गा सामुदायिक भवनमा आयोजित संस्थाको वार्षिक साधारणसभा तथा अधिवेशनले तीन सदस्यीय समितिसहित सञ्चालक समिति चयन गरेको हो । झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा अध्यक्ष घले नेतृत्वको संचालक समितिको उपाध्यक्षमा देवीकुमारी घिमिरे, सचिवमा अर्जुनमणि निरौला, सहसचिवमा छत्र सुुब्वा, कोषाध्यक्षमा लोकेन्द्र भुुजेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा गोपाल बस्नेत, टेकबहादुर गिरी, कर्णबहादुर दाहाल, खिनामाया पुरी, मणिकुमार राई र विमला ढुङ्गेल चयन भएका छन् । सोही भेलाले उमाकान्त लम्साल संयोजक रहेको लेखा समितिको सदस्यहरुमा बुद्धिसागर कट्टेल र गोपीकृष्ण ढकाललाई सदस्यपदमा सर्वसम्मत छनोट गरेको छ ।

कार्यक्रममा संस्थाको कुल पूँजी रु. तीन करोड ४५ लाख ८९ हजार नौ सय ३५ रुपैयाँको आर्थिक प्रतिवेद प्रस्तुत गरिएको थियो । संस्थाले बिर्तामोडमा समेत सेवाकेन्द्र सञ्चालन गरी अर्जुनधारा र कनकाई नगरपालिका बाहेक बिर्तामोड नपा र बुद्धशान्ति गाउँपालिकामा समेत सेवा क्षेत्र विस्तार गरेको छ । सो अवसरमा ज्येष्ठ शेयर सदस्य अन्तकुमारी ढुुङ्गेल, असल बचतकर्ता पार्वती आचार्य, असल ऋणी गीता श्रेष्ठ, उत्कृष्ट कृषक हरिकृष्ण खड्का, संस्थापक सदस्य रमा पाण्डे, नेहा तामाङ, तथा उमाकान्त लम्साल, झापा पोलिक्लिनिक सञ्चालक हेमराज चापागाँई र साहारा पोलिक्लिनिकका सञ्चालक रणधिर कपुर गोइतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बागेडाँगी त्रिदेवी सहकारीका अध्यक्ष छविलाल लम्साल, संस्थाका पूर्व अध्यक्ष अर्जुन रेग्मी, दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकनाथ अधिकारी लगायतको आतिथ्य रहेको थियो । निर्र्वाचन उपसमितिका संयोजक पूर्णबहादुर कटुवालले नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीलाई सपथ गराई प्रमाणपत्र समेत वितरण गरेका थिए । सीता सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्जुन निरौलाले गरेका थिए । कार्यक्रममा संस्थाका लेखापाल भिमा भट्टराईले सहजीकरण गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here