सिरिजंङ्गा धार्मिक वन समूहको अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण

0
7

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा ने १० मा रहेको सिरिजंङ्गा स्मृति धार्मिक वन समूहको आफ्नो अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण भएको छ।

आज मंगलबार बिहान आफ्नो स्मृति धार्मिक वन समूहको स्वामित्वभित्रको अतिक्रमित जमिनको वडा तथा नगरपालिकाका जनप्रतिनिधिहरु, स्थानिय बासिन्दाहरू ,पत्रकार , प्रहरी तथा सरोकारवालाहरुको उपस्थितिमा निरीक्षण भएको हो।

उक्त अवसरमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो,अनुगमनमा वडा नं. १ वडाध्यक्ष भीम राई, पथरी बजार व्यवस्थापन समिति सल्लाहकार संयोजक धनप्रसाद साँवा, पथरी बजार व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र गुरुङ, वडा सदस्य पूर्णबहादुर कार्की, सिरिजंघा धार्मिक वनका अध्यक्ष डम्बर चोङबाङ, नगरका योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, नेपाल प्रहरी र नगरका प्रहरीहरुको उपस्थिति रहेको थियो ।

सो धार्मिक वनको पूर्वी सिमानामा पथरी खोलाले वर्षेनी कटान गरेका कारण क्षति पुर्याउदै आए‌को छ भने वडा नं.०१ स्थित पथरी बजार क्षेत्रको मानव वस्तीले अतिक्रमण गरी पशु चौपाया लगायतबाट भएको अतिक्रमण भएकाले हटाउन उदेश्यले सोमबार नगरपालिकाको आयोजनामा सर्वपक्षीय बैठक बसी सहमति सहित सो धार्मिक वनको अतिक्रमित जमिनलाई छुट्याईने प्रयास गरिएको वन समूहका अध्यक्ष चोङ्बाङले जनाएका छन्।

सोहि वन समूहले लगतै वन क्षेत्रलाई घेरावारा गर्ने र समूहको क्षेत्रभित्र अनावश्यक प्रवेश गर्ने कार्यलाई नियन्त्रण गरिने योजना रहेको अध्यक्ष डम्बर चोङ्बाङले बताउनुभयो। करिव ७ हेक्टर क्षेत्रफलमा फैलिएको स्मृति धार्मिक वन समूहको क्षेत्रभित्र रहेको एक सुन्दर जलाशय (झिल)लाई सरसफाई गरेर पर्यटकीय स्थलको रूपमा विकास गर्ने जनाईएको छ ।साथै, सोहि समूहले आगामी पुस १५ गते अगाडि नै लिम्वु समूदायको महान चार्ड चासोक तङ्नामका अवसरमा सबैभन्दा ठुलो च्याब्रुङ र सिलोम साक्माँ निर्माण गरिने भएको छ। विभिन्न स्थानमा वस्ने टहरा र फलैंचा पनि रहेका छन्।

हरियाली बोट बिरुवाहरु, रमणीय दृश्यावलोकन र मनोरम जलाशयको अनुपम वातावरणमा आगामी पुस १५ गते पर्यटकीय गन्तव्य बनाइने वन समूहका अध्यक्ष चोङ्बाङले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here