युवराज आधारभूतको वार्षिकोत्सव

0
9

युद्धबहादुर बोहोरा,
पाँचथर।

फिदिम–१४ मा रहेको युवराज आधारभूत विद्यालयको ५९ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

२०२१ सालमा स्थापना भएको नगरपालिकाकै सबैभन्दा टाढा रहेको विद्यालयले वार्षिक उत्सव मनाएको हो । सो अवसरमा विभिन्न सम्मान गरिएको विद्यालयका शिक्षक हिमाल भट्टराईले जानकारी दिए ।

लामो समय विद्यालयमा अध्यापन गरी अवकाश भएका शिक्षक नन्दलाल रिमालले स्वर्गीय मातापिता हरिलाल र हरिमाया रिमाल तथा स्वर्गीय पत्नी सुष्मा गणपति फागो रिमालको स्मृतिमा एक लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयका प्रधानध्यापक इन्द्रप्रसाद ढकालबाट स्वर्गीय मातापिताको नाममा ४२ हजार १४ रुपैयाँ र पूर्व शिक्षक गीता ढकालबाट पाँच हजार पाँच सय ५५ रुपैयाँ, कुलप्रसाद राईबाट एक लाख पाँच रूपैयाँ गरी जम्मा दुई लाख ५७ हजार पाँच सय ७४ रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

अक्षयकोष दाता र छ जना पूर्व शिक्षकलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा चिरन्जीवी वान्तवा राई, नन्दलाल रिमाल, किरण चापागाईं, गीता ढकाल, इन्द्रकुमार नेम्बाङ र सोमकुमारी नेम्बाङ रहेका छन् ।

हाल विद्यालयमा एक सय ५३ जना विद्यार्थी र ११ जना शिक्षक रहेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम बहादुर सारू मगरको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रम शिक्षक पुण्य रिमालले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here