बिर्तामोडबाट ईखरीपाटी सञ्चालनमा

0
12

बिर्तामोड ।

ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ईखरीपाटी डटकम सञ्चालनमा आएको छ ।

बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ ।

‘अनलाइन सञ्चार माध्यममा भिड बढाउन मात्र हैन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी गर्न हामी आएका हौँ,’ अध्यक्ष कार्कीले भने, ‘हामी सधैँ सत्यको पक्षमा रहनेछौँ । निष्पक्ष पत्रकारिता गर्ने छौँ ।’

ईखरीपाटीको सम्पादकमा शम्भु दाहाल रहेका छन् । उनी डेढ दशकदेखि झापाली पत्रकारितामा क्रियाशील छन् । साझामञ्च डटकम, माउन्टेन टेलिभिजन, जनता टेलिभिजन, बिर्ताज्योती साप्ताहिक, जनसंसद दैनिकलगायत सञ्चार माध्यममा काम गरेका दाहालले पत्रकारिता तथा आमसंचार विषयमा स्नातक गरेका छन् । दाहालले ईखरीपाटी आवाजविहीनको आवाज बन्ने बताए ।

‘हामी पत्रकार आचारसंहितामा रहेर सधैँ गलतको खबरदारी गरिरहेने छौँ,’ उनले भने, ‘हामी आउनुको सार्थकता देखाउने प्रयत्न सधैँ रहनेछ ।’ उनले ईखरीपाटीका प्रश्नहरू कहिल्यै कमजोर नबनाउने बताए । ‘पत्रकारितालाई हतारको साहित्य भनिन्छन् । तर, हतारमा गल्ती गर्ने छुट हामीलाई छैन,’ उनले भने, ‘अहिले सूचना प्रविधिको युगमा नागरिक पत्रकारिताले गर्दा ब्रकिङ भन्ने हुँदैन । तसर्थ ब्रकिङको पछि नलागी सत्य, निष्पक्ष र विश्लेषणात्मक सामग्री प्रकाशन गर्नेछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here