स्वीकारोक्ती फाउण्डेशनको ‘स्वीकारोक्ती विश्व शान्ति यात्रा–२०२३’ शुरु

0
10

अर्जुनधारा ।

स्वीकारोक्ती अभियानको ११औं वार्षिकोत्सवको सन्दर्भमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यले स्वीकारोक्ती फाउण्डेशनको आयोजनामा ‘स्वीकारोक्ती विश्व शान्ति यात्रा–२०२३’ शुरु भएको छ ।

पृथ्वी, प्रकृति र सम्पूर्ण प्राणीको अस्तित्वहरुको न्यायिक सम्बोधन हुनुपर्छ भन्ने मूल विचार र मान्यतालाई आत्मासथ गर्दै अमेरिकामा स्थापना भएको फाउण्डेशनले यही मंसीर ११ गते झापाको दमकस्थित बेलडाँगी शिविरमा अन्तरक्रिया कार्यक्रम गरि उक्त कार्यक्रमको औपचारिकरुपमा शुरु गरेको फाउण्डेशनका अभियन्ता एवम् नेपाल प्रतिनिधि बालगोपाल गौतमले जानकारी दिए ।

त्यस अघि गत मंसीर ७ गते काठमाण्डौंमा एक सय जना बढी साइकल यात्रीहरुबाट विभिन्न स्थानको परिक्रमा र सडक पेटीमा बस्ने एक सय ३० जना असहायलाई खाना वितरण, यही मंसीर १२ गते सुनसरीको धरानमा वृक्षारोपण र साहित्य सम्बन्धी कार्यक्रम सम्पन्न गरेको फाउण्डेशनका अन्तराष्ट्रिय समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले जानकारी दिए । त्यसैगरी फाउण्डेशनले मंसीर १४ गते झापाको बिर्तामोड र भारतको विभिन्न स्थानमा कार्यक्रम गर्ने कार्यसूची रहेको बताइएको छ ।

यसैबिच फाउण्डेशनको आयोजना र अर्जुनधारा–३ खुदुनाबारीस्थित न्यू होप अङग्रेजी आवासिय माध्यमिक विद्यालयको सहआयोजनामा बुधबार स्वीकारोक्ती शैक्षिक शिखर कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय कैदले पर्यापर्यटन क्षेत्रको सभाहलमा कार्यक्रम आयोजना प्रमुख एवम् विश्व भूटानी साहित्य संगठनका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रम आयोजना प्रमुख गुरुङले स्वीकारोक्ती फाउण्डेशनसँगै त्यसको दर्शन बारे सहजिकरण गरेको उक्त कार्यक्रममा कक्षा–७ देखि १० सम्मका एक सय ७५ जना विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा साहित्यकारद्वय केशव आचार्य र खगेन्द्रा खुसीले कविता प्रस्तुत गरेका थिए ।

फाउण्डेशनका अभियन्ता एवम् संगठनका उपाध्यक्ष आवासविक्रम मगरले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य चन्द्रमाया तामाङ, नगर सभा सदस्य नारायणप्रसाद चापागाईं, प्रा.डा.टंकप्रसाद न्यौपाने, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दीपक दुलाल, खुदुनाबारी अस्थायी प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज गौतम, युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलालगायतको आतिथ्यता रहेको थियो ।

अभियन्ता एवम् विद्यालयका संस्थापकसमेत रहेका गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक चुँडामणि खतिवडाले गरेका थिए । सोही कार्यक्रममा फाउण्डेशनकोतर्फबाट ‘इच वान हेल्प वान’ कार्यक्रम अन्र्तगत अर्जुनधाराका विपन्न २० परिवारको निःशुल्क स्वास्थ्य बीमा र विपन्न परिवारका एक जना सन्तानलाई सोही विद्यालयमा नर्सरी देखि कक्षा–१० सम्म पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम आयोजना प्रमुख गुरुङले घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here