सङ्खुवासभाका २६ परिवारलाई जग्गाधनी प्रमाणपत्र

0
17

किमाथाङ्का (सङ्खुवासभा),

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलले राससलाई जानकारी दिनुभयो ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकामा दुई जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकाले हाललाई २६ जनालाई मात्र प्रमाणपत्र वितरण गरिएको पाँचखपन नगरपालिका नगरप्रमुख विपीन राईले बताउनुभयो । पाँचखपन नगरपालिकाको वाना बजारबाट सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरूलाई उपलब्ध गराइएको हो ।

भूमिहीन तथा सुकुम्बासी यसअघि आफन्त तथा गाउँलेको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरू करेसाबारीसहित एक घर अट्ने जमिन पाएका छन् ।

यसरी प्राप्त भएको जमिन कम्तीमा १० वर्षसम्म बिक्री गर्न नपाउने र त्यसपछि पनि भूमिहीन हुने गरी बेच्न नपाउने व्यवस्था गरिएको भूमि आयोग सङ्खुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here