अस्पतालमा न्यूनतम सेवा मापदण्ड लेखा जोखा कार्यक्रम: पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गर्यो

0
9

पथरी शनिश्चरे,

अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अन्र्तगत पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गरेको छ ।

पथरी शनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड लेखा जोखा कार्यक्रम मंसिर १२ र १३ गते सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका विज्ञहरुको उपस्थिति रहेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. ज्ञानबहादुर बस्नेत, एम.एस.एस. अफिसर श्रीजत दाहाल, जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदी, दमक अस्पतालका डा. अनुपम घिमिरे सहितको टोलीले अस्पतालको निरीक्षण गर्नुृभएको थियो ।

पथरी नगर अस्पतालमा पहिलो मापन २०७८/७९ मा ३० अंक प्राप्त गर्न सफल भएको थियो । त्यसको ६ महिनापछि पुनः रिभ्यु गर्दा ४८ अंक प्राप्त गर्न गर्न सफल भएको थियो ।

कार्यक्रममा नगर अस्पतालमा भौतिक पूर्वाधारको अभावले भनेजस्तो अंक प्राप्त गर्न नसकेको र भावी दिनमा भौतिक पूर्वाधार निर्माणपछि अस्पतालले अझ धेरै प्रगति र अंक प्राप्त गर्नेमा विश्वस्त रहेको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here