झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
9

झापा ।

मोटरसाइकलको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको ।

मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार साँझ ६ ५० बजेको समयमा पूर्वबाट पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–१० मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ हिँड्दै गरेको पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पैदल यात्रीलाई तत्काल उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मोटरसाइकल चालक कमल गाउँपालिका–१ बस्ने सागर तामाङको हातमा चोट लागेको थियो । उनलाई स्थानीय शिवम मेडिकलमा उपचार गराई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here