हल्दिबारीमा जंगली हात्तीको कुल्चदा एक जनाको मृत्यु

0
13

झापा ।

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४० बर्षिय धनबहादुर बनको हात्तीले कुल्चदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्ढीराज गिरीले जानकारी दिए ।

मायालु सामुदायिक बनमा चौकीदारसमेत रहेका बनलाई शुक्रबार (आज) बिहान ९ बजे हात्तीले लखेटी लखेटी कुल्चिएको स्थानीयले बताएका छन् ।

चारकोशे सामुदायिक बनमा जंगली हात्ती बस्ने गरेको र आहारको खोजीमा बस्ती पस्दा हात्तीले उपद्रो मच्चाउने गरेको छ । सामुदायिक बनमा बिद्युतीय तारबार गरेपनि हात्तीले बिद्युतीय तारलाई समेत चुट्याएर बस्ती पस्ने गरेको स्थानीयको भनाई छ ।

यसअघि पनि सो क्षेत्रमा जंगली हात्तीले मानवीय क्षति पु¥याउनका साथै घर भत्काउने र अन्नबाली खाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here