पाकिस्तानी निर्वाचन आयोगले इमरान खान ‘अन्तरका कैदी’ नभएको बयान जारी

0
6

इस्लामाबाद।

पाकिस्तानी निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खान “अन्तरका कैदी“ नभएको र उनी कूटनीतिक केबलको दुरुपयोग सहित विभिन्न मुद्दामा अभियुक्त भएकाले जेलमा रहेको जनाएको छ ।

पाकिस्तानको निर्वाचन आयोग (इसीपी) ले फेब्रुअरी ८ मा देशमा हुने आम चुनाव अघि आफ्नो २४ बुँदे मागपत्रमा खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको टिप्पणीको प्रतिक्रियामा उक्त बयान दिएको हो ।

पीटीआईले नोभेम्बर ६ मा महासचिव उमर अयुब खानले इसीपीलाई पठाएको पत्रमा ७१ वर्षीय खान, जो पार्टीका अध्यक्ष पनि छन्, “अन्तरका कैदी“ को रूपमा वर्णन गरेको छ । पार्टीले राजनीतिक संस्थाका रूपमा पीडित र उत्पीडनमा परेको पनि बताए तर निर्वाचन आयोगले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । श्रोतः पीटीआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here