कमल गाउँपालिकामा ड्राईभिङ्ग तालिम शुरु

0
8

कमल ।

झापाको कमल गाउँपालिकामा आजबाट ड्राईभिङ्ग तालिम शुरु भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवाहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको हो ।

कमल गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रसुर्य सिप विकास सस्था दमकको प्रविधिक सहयोग सन्चालित तालिममा ४० जना युवा सहभागी रहेका थिए । तालिम एक महिना सम्म सन्चालन रहने महिला तथा वालवालिका शाखा प्रमुख रीता कार्कीले जानकारी दिइन् ।

तालिमको पहिलो दिन आज ट्राफिक प्रहरी पोष्ट केर्खामा ईन्चार्ज प्रहरी सहायक निरीक्षक अनिष खड्का र ट्राफिक प्रहरी भोजराज चौलागाँईले सहजिकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here