प्रथम खुला सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि शिवसताक्षीलाई

0
17

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित इलेभेन स्टार क्रिकेट क्लबको आयोजनामा जारी प्रथम खुला सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि शिवसताक्षी क्रिकेट क्लबले जितेको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा गरामनी क्रिकेट क्लबलाई ८ रनले पराजित गर्दै शिवसताक्षीले उपाधि जितेको हो । शिवसताक्षीले दिएको ८४ रनको लक्ष्य पछ्याउने क्रममा गरामनीले ७६ रन मात्र बनाउन सकेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजेता र उपविजेता शिवसताक्षी र गरामनीले नगद पुरस्कार क्रमश २५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । १५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी र फाइनल खेलको उत्कृष्ट खेलाडी विजयी टिमका मोहम्मद निसार घोषित भएका थिए ।

उक्त प्रतियोगितामा उपविजेताको नगद पुरस्कार अर्जुनधारा–८ स्थित फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.का प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरीले सौजन्य गरेका थिए । क्लबका अध्यक्ष नीतेश पौड्यालको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्र्रेती, दाता गिरीलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here