नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर

0
12

अयाेध्या, भारत ।

हिन्दु धर्मावलम्बीको प्रसिद्ध तिर्थस्थल हो, अयोध्या । भगवान रामको जन्मभुमि हो यो ठाउँ । यहाँ भगवान रामको नयाँ मन्दिर निर्माण गरिदैछ । निर्माण कार्य द्रुत गतिमा भइरहेको छ

नयाँ राम मन्दिर निर्माण शुरु गरिएपछि हाम्रो देश नेपालले पनि मुर्ति बनाउनका निम्ति दुई वटा ठुलो ढुङ्गा अयोध्या पठाएको छ । कालीगण्डकी नदिबाट पठाएको यो दुई शालिग्रामबाट राम्रो मुर्ति बनाउने तयारी गरिएको छ । ‘नेपालले शालिग्राम पठाएपछि हामी औधी खुशी भएका छौं’ अयोध्याका मेयर गिरिशपति त्रिपाठीले भने मुर्तिलाई मुल मन्दिरमै राख्नेछौ ।’

नेपालका पत्रकार टोलीसँगकाे भेटमा मेयर त्रिपाठीले यस्तो कुरा बताएका हुन् । उनले मुर्ति निर्माणको काम भैरहेको जानकारी गराउदै मन्दिर निर्माण कार्य पनि द्रुत गतिमा भइरहेको जानकारी गराए ।

जनकपुर पुग्दा भाग्यशाली ठान्छु

मेयर त्रिपाठी नेपाल र भारत दुई देश भएपनि भाई-भाई रहेकाे बताए । ‘दुबै देशको संस्कृति, धर्म, रहनसहन एकै छ’ उनले भने’ ‘हाम्रो देश मात्रै फरक भयो । हामी भाई-भाई नै हौ ।’
उनी त्रेतायुग देखि नै रहेको नेपाल र भारतको सम्बन्ध अझ मजबुत बनाउदै जानुपर्नेमा जोड दिए ।

आफू जनकपुर जान लालायित रहेको बताउँदै त्यहाँ पुगेपछि आफूलाई भाग्यशाली ठान्ने उनले उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here