बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

0
9

मोरङ ।

मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लेटाङ घर भएका ५३ वर्षीय कमल माझी रहेको प्रहरीले जनाएको छ ।

बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमण गर्दा माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

बाटो हिँड्नेहरुले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here